आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित कार्यालयमा बस्ने गरी तय गरिएको हो ।

बैठकमा सरकारका समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ । साथै आजको बैठकले केही महत्वपूर्ण निर्णय गर्नसक्ने जनाइएको छ ।

त्यसैगरी, केही अध्यादेश ल्याउने सम्भावनासमेत रहेको स्रोतले जनाएको छ ।