बाजुरा भुकम्प अपडेट : एक महिलाको मृत्यु, केहिँ स्थानीय घाईते, विवरण आउन बाँकी

बाजुरा, माघ १० गते । भुकम्पका कारण बाजुराको गौमुल गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा गएको भुकम्पले पहिरो फुटेर गौमुल गाउँपालिका वडा नम्बर २ की जमुरा रोकायाको मृत्यु भएको हो ।

गाउँपमालिका हेल्थ असिस्टेन्ट हरिश विकले दिएको जनाकारी हनुसार भुकम्पले पहिरो गएको थियो । त्यहिँ पहिरोको ढुङ्गा लागेर जमुनाकाे मृत्यु भएको हाे ।

उहाँका अनुसार भुकम्पका कारण गौमुल गाउँपालिकामा केहिँ स्थानीय घाईते भएका छन् भने, सबै वडाका केहिँ घरहरु भत्कायका छन् । उक्त घाईतेहरुको उपचार भईरहेको छ ।

त्यस्तै पहिरो फुटेर वडा नम्बर १ मा अन्दाजि ५०–६० भेडा भाख्रा मरेको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले जनाकारी दिनुभयो । उहाँका अनुसार स्थानियको सहयोगमा उद्दार भईरहेको छ ।

बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर गएको भुकम्पले बाजुारमा धेरै क्षति पु¥याएको छ ।

मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा गएको ५ दशमलव ९ म्याग्निच्युडको भुकम्पले बाजुरामा केही घर भत्किएको प्रारम्भिक विवरण प्राप्त भएको छ । केहिको विवरण आउन बाँकी छ ।