पलाँता गाउँपालिकाका १७५ परिवारका लागि किर्डाक नेपालको खाद्यान्न सामाग्री सहयोग

कालिकोट, भदौ १३ गते । गैरसरकारी संस्था किर्डाक नेपालले पलाँता गाउँपालिकाका लक्षित परिवाललाई खाद्यान्न सहायता सामाग्री वितरण गरेको छ । खाद्य तथा पोषण सुरक्षा सुधार परियोजना अन्र्तगत स्टार्ट फण्डको आर्थिक सहयोग र पलाँता गाउँपालिकाको सहकार्यमा खाद्यान्न सहायता सामाग्री वितरण गरिएको हो ।

पलाँता गाउँपालिकाका आर्थिक अवस्था कमजोर भएका, दलित, एकल महिला र विपन्नलाई लक्षित गर्दै सो माग्री वितरण गरिएको किर्डाक नेपाल पलाँता शाखा प्रमुख पदम कठायतले बताउनुभयो । वडा नं १ देखी ९ सम्मका १७५ घरपरिवार विपन्नलाई रु. १३ हजार पाँच सय बराबरको खाद्यान्न सामाग्री वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रति परिवार १०० किलो स्टिम जिरा मसिलो चामल, ३ किलो मासको दाल, ७ किलो मसुराको दाल, साढे एक किलो सिमिको दाल, ३ किलो चना, ३ किलो आयाडिनयुक्त नुन, ३ किलो चिनि, ४ लिटर तेल र आधा लिटर तोरीको तेल वितरण गरिएको छ ।

प्रति परिवार रु.१३ हजार ५०० का दरले १७५ परिवारलाई २३ लाख ६२ हजार ५०० बरावरको खाद्यान्न सामाग्री वितरण गरिएकोमा रु. ५ लाख ४ हजार ३ सय ३ रुपैयाँ १६ पैसाको साझेदारी पलाँता गाउँपालिकाले गरेको परियोजना संयोजक हिरेन्द्र कुँवरले बताउनुभयो ।

पलाँता गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत कर्मसिंह बमले लाभग्राहीलाई खाद्यान्न भौचर हस्तान्तर गर्नुभएको थियो भने त्यस्तै पलाँता गाउँपालिकाका वडा अध्यक्ष, किर्डाक नेपाल र एट्यागका कर्मचारी, प्रहरी र स्थानीयको सहभागिता रहेको थियो ।

पलाताका १७५ घरधुरी मध्य वडा न. १ बाट ३५ , २ बाट १०, ३ बाट ३६, ४ का ३०, ५ बाट ५, ६ र ७ बाट ७ ÷७, ८ बाट ९ र वडा न. ९ बाट ३६ घरधुरीले खाद्यान्न सहायता सामाग्री पाएको रहेको कठायतले जानकारी दिएका छन् ।