काठमाडौँ — लगातारको अविरल वर्षापछि इलामका विभिन्न स्थानमा गएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ। जिल्लाका विभिन्न स्थानीय तहमा गएको पहिरोमा परेर १८ जनाको मृत्यु भएको हो।

त्यसैगरी फाकफोकथुम गाउँपालिका–३ रातमाटेमा १ जना र इलाम नगरपालिका–५ घोसगाउँमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
एसएसपी पोखरेलले पहिरो र बाढी प्रभावित क्षेत्रमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ। घाइतेहरूको उद्धार गरी उपचारका लागि सुरक्षित स्थानमा पुर्याइएको र सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको उनले बताए।
वर्षाका कारण हाल पनि धेरै ठाउँमा सडक अवरुद्ध भएका छन् भने सञ्चार र विद्युत् सेवा अवरुद्ध हुँदा उद्धार कार्यमा कठिनाइ भइरहेको बताइएको छ। प्रशासनले पहिरो प्रभावित बस्तीमा राहत सामग्री पठाउने तयारी गरेको छ।
स्थानीयबासीले रातभरै वर्षा र पहिरोको डरमा घर छाडेर सुरक्षित स्थानमा बस्नुपरेको बताएका छन्। मौसम विभागले अझै केही दिनसम्म मध्यमदेखि भारी वर्षा जारी रहने सम्भावना जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ।



