
काठमाडौं — सख्खर विभिन्न काममा प्रयोग हुने बहुउपयोगी खाद्य पदार्थ हो । यो उखु पेलेपछि खुदोबाट बनाइने एक किसिमको मिठाई परिकार हो । विशेषगरी तराई र पहाडी भेगमा समेत पाइने उखुको रसलाई निश्चित तापक्रमसम्म उमालेपछि त्यो खुदो बन्ने गर्छ । त्यसलाई पनि थप ताप दिएर पकाएपछि बन्ने परिकार आफैंमा एक बहुउपयोगी परिकार हो ।
केही दशक अगाडिसम्म परम्परागत रुपमा हरेक नेपाली भान्सामा गुलियोका लागि प्रयोग गरिने र हाल झण्डै लोप भइसकेको मौलिक एवं औषधीय गुणयुक्त सक्खर भारत र नेपालको तराई भेगमा यसलाई गुंड शब्दले चिन्ने गरिन्छ ।
सक्खर शब्द अरबी शब्दबाट उत्पत्ति भएको हो । आयुर्वेदिक चिकित्सामा सक्खरको महत्त्व उच्च छ । गुलियोका रुपमा र औषधीय गुणका हिसाबले प्रयोग हुने सक्खर बहुउपयोगी खाद्य पदार्थ हो । यो उखुको रस पकाएर बनाइन्छ ।