काठमाडौं – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ।
उच्च स्रोतका अनुसार, गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध अदालतबाट पक्राउ अनुमति लिएको हो।
स्रोतले भने, “अदालतले पक्राउ अनुमति दिइसकेको छ, तर उनीहरु हाल नेपालमा नभएको कारण पक्राउ गर्न सकिएको छैन।”
हाल देउवा दम्पत्ति विदेशमा छन्।



