![](https://www.palikanews.com/wp-content/uploads/2023/02/326253463_1926946341025059_160142989012335118_n.jpg)
काठमार्डौं, फागुन १ गते । नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न भएको छ ।
काठमाडौंस्थित याक एन्ड होटलमा भएको सचिवस्तरीय बैठक सम्पन्न हो । परराष्ट्र मन्त्रालय उच्च अधिकारीका अनुसार बैठकमा दुवै पक्ष समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहयोगलाई थप सुदृढ गर्न सहमत भएका छन् ।
परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेश सचिव विनयमोहन क्वात्राको नेतृत्वमा ७–७ जनाको टोली उपस्थित रहेको थियो ।
परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा भारतीय बिदेश सचिव दुई दिने नेपाल भ्रमणमा आएका हुन । उनले अब नेपालका समकक्षि अर्थात परराष्ट्र मन्त्रि बिमला राईसँग द्धिपक्षीय छलफल गर्नेछन ।