भारतीय बिदेश सचिवको दोस्रो दिन पनि भेटघाट जारी

काठमाडौं, फागुन २ गते । नेपाल–भारत सचिवस्तरीय संयन्त्रको बैठकमा भाग लिन आएका भारतीय बिदेश सचिव बिनय मोहन क्वात्राले आज पनि आफनो भेटघाटलाई जारी राख्नुभएको छ ।

आज नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके राउत) लगायतलाई भेटने कार्यक्रम तय भएको नेपालस्थित भारतीय दुतावास स्रोतले जनाएको छ ।

हिजो सचिवस्तरीय बैठकमा सहभागी भएपछि समकक्षी परराष्ट्र मन्त्री बिमला राई, राष्ट्रपति बिद्यादेवी भण्डारी, कांग्रेस सभापति शेरबहादुर देउबा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटबार्ता गरेका थिए ।