चिया बगानमा भेटिए युवक–युवती मृत

काठमाडौं, माघ १० गते । झापाका एक चिया बगानमा युवकयुवती मृत फेला परेका छन् । जिल्लाको कचनकवल गाउँपालिका वडा नम्बर ४ केचनास्थित एभरेष्ट चिया बगानमा आज बिहान उनीहरू मृत भेटिएको प्रहरीले जनाएको छ ।

दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झपाका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारीम दिनुभयो । डिएसपी पाठकका अनुसार युवक अन्धाजी २५ र युवती १८ वर्षकी छन् ।

अहिले घटना स्थलमा प्रहरी टोली पुगेको छ । अनुसन्धान सुरु भएको र घटनाबारे थप केही कुरा खुलिनसकेको प्रवक्ता पाठकले बताउनुभयो ।