मिश्र र राणालाई विनासर्त रिहा गर्न राप्रपाको २४ घण्टे अल्टिमेटम

काठमाडौँ —  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको छ।

शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकान गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले दुई नेतासहित पक्राउ परेका सबै आन्दोलनकारीलाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको जानकारी गराए।

पक्राउ परेकाहरू २४ घण्टाभित्र रिहा नभए देशव्यापी विरोधका कार्यक्रमहरू र आन्दोलन गर्ने चेतावनी राप्रपाले दिएको छ।

Laxmi sunrise bank 2034

बैठकले सरकारकै कारण तीनकुने घटना भएको निष्कर्ष निकाल्दै मृतकहरूलाई शहिद घोषणा गर्न माग गरेको छ।

शुक्रबारको हिंसात्मक आन्दोलनमा कीर्तिपुर निवासी २९ वर्षीय सविन महर्जन र एभिन्युज टेलिभिजनका फोटोपत्रकार सुरेश रजकको मृत्यु भएको थियो।