प्रतिनिधिसभाको बैठक बस्दै, आजै हिउँदे अधिवेशन अन्त्य हुने

काठमाडौँ — संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।  मंगलबार संसद भवन नयाँबानेश्वरमा बिहान ११ बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोग र मुस्लिम आयोगको छैटौँ वार्षिक प्रतिवेदन, २०८०–८१ पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले ‘नेपाल हवाइ सेवा प्राधिकरण विधेयक, २०८१ तथा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसैगरी, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि राष्ट्रियसभाबाट भएको संशोधन माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

Laxmi sunrise bank 2034

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ‘शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा तथा सो विधेयक पारित गराउने प्रस्ताव गर्ने छन् ।

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ‘पूर्वाधार विकास समितिको प्रतिवेदनसहितको जलस्रोत विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयक पारितका लागि प्रस्ताव गर्ने पनि कार्यसूची रहेको छ ।

आजको बैठकसँगै संघीय संसदको चालु हिउँदे अधिवेशन अन्त्य हुनेछ । सरकारले आज राति १२ बजेबाट अधिवेशन अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरिसकेको छ ।