बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो : मोदी

काठमाडौँ— भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका समकक्षी केपी शर्मा ओलीसँगको भेट फलदायी रहेको बताएका छन्।

शुक्रबार बिमस्टेक सम्मेलनका क्रममा बैंककमा ओलीसँग भेटेका माेदीले सामािजक सञ्जालमार्फत यस्ताे बताएका हुन्।

Laxmi sunrise bank 2034

‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो,’ मोदीले भनेका छन्, ‘भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ।’

त्यसैगरी माेदीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरू विशेषगरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रहरूमा छलफल भएको उल्लेख गरेका थिए।