अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते

काठमाडौँ—  जिल्लाको मालारानी गाउँपालिका–३ लुटीपोखरी–खनदहको भित्री सडकखण्डमा आइतबार बिहान  जिप दुर्घटना हुँदा यात्रु बालकृष्ण रिजाल र चालक दिलिप खनालको मृत्यु भएको  हो।

उक्त  घटनामा परी अन्य दुई जना घाइते भएका छन्। प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले  मालारानी गाउँपालिमा वडा नम्बर  ४ बस्ने वसन्त पोखरेल र भुवन पोखरेल घाइते भएको बताए।

मालारानीको  लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।    जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो।