
काठमाडौँ— नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली आज झापा जाँदै छन्।
दमकमा आयोजना हुने एमालेको जागरण सभालाई सम्बोधन गर्नका लागि ओली झापा जान लागेका हुन्। प्रधानमन्त्रीको बिहान ११ बजे मा झापा पुग्ने बताइएको छ।
उक्त जनसभामा झापा मोरङ, सुनसरी उदयपुरसहित कोशी प्रदेशका सबै जिल्लाबाट प्रतिनिधि आउने बताइएको छ।