काठमाडौं —नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा कुनै समस्या नभएको बतएका छन्।
थाइल्यान्ड भ्रमणबाट काठमाडौं फर्कने क्रममा शुक्रबार विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा देउवाले उक्त भनाई राखेका हुन् । सभापति देउवाले गठबन्धन जसरी पनि टिक्ने बताए। सञ्चारकर्मीसँग पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘गठबन्धन जसरी पनि टिक्छ । केही भएको छैन।’
साथै, देउवाले आफूलाई सत्ता समीकरण परिवर्तन हुने कुरा थाहा नभएको समेत बताए। देउवाको प्रतिक्रिया थियो, ‘सत्ता समीकरण परिवर्तन हुने कुरा कसले भनेको हो, मलाई थाहा छैन ।’


