सुदूर र कर्णालीका पहाडी जिल्लामा हिमपात, चिसोका कारण जनजीवन प्रभावित

काठमाडौँ, माघ १० गते । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । मंगलबार विहानदेखि वर्षासँगै परेको हिमपालले ती प्रदेशका पहाडी जिल्लाका किसानमा खुसी छाएको छ । लामो समयपछि हिमपात भएको छ ।

सुदूरपश्चिका जिल्लाहरु बैतडी, डोटी, दार्चुला, बाझाङ, अछाम र बाजुरामा भारी हिमपात भईरहको छ । त्यस्तै कार्णाली प्रदेशको हुम्ला, मुगू, जुम्ला, डोल्पा, कालिकोट लगाएतका जिल्लाहरुका हिमपात भएको छ भने अरु जिल्लामा वर्षाले चिसो बढेको छ ।

स्थानीका अनुुसार गए रातिदेखि मौसममा बदली आएसँगै आज बिहानदेखि हिमपात भएको हो । वर्षा र हिमपातका कारण चिसो बढेको छ । चिसोका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ । चिसोले बालबालिका, दैनिक ज्याला मजदुरी गर्ने, वृद्धवृद्धा बढी प्रभावित भएका छन् । चिसोबाट बच्न न्यानो लुगा लगाउन, झोलिलो कुरा सेवन गर्न, घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।

यसैबीच वर्षा र हिमपातले किसान भने हर्षित भएका छन् । खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भन्दै खुसी भएका हुन् । लामो समयपछि वर्षा भएकाले हिउँदे बाली र फलफूल सप्रिने किसानमा आशा पलाएको छ ।