चुनौतीभित्रको ठूलो अवसरलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ : मन्त्री गुरुङ

काठामडौं   — सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गोरखा पत्रलाई सार्वजनिक सेवा प्रकाशनमा लानुपर्ने बताए।

बुधबार काठमाडौंमा आयोजित गोरखापत्र प्रकाशनको १२५औं वर्ष प्रवेश तथा संस्थानको ६३औं वार्षिकोत्सव समारोहमा उनले गोरखा पत्र पुरानै ऐनले शासित रहेको भन्दै यसलाई सार्वजनिक सेवा प्रकाशनमा लानुपर्ने र त्यसको लागि नीति बनाउनु पर्ने बताए।

‘गोरखा पत्र अहिले पनि पुरानै ऐनले शासित छ। राजा महेन्द्रको समयमा बनेको कानून अझै पनि छ। त्यसकारण अब सार्वजनिक सेवा प्रकाशनको नीति कस्तो हुनुपर्छ त्यो पनि बनाउनु पर्ने छ,’ मन्त्री गुरुङले भने, ‘त्यसपछि यो संगठनलाई बलियो बनाएर, संरचनालाई बलियो बनाएर संरक्षण गर्नुपर्ने छ यो पनि हामीले गर्नुपर्ने काम छ। यति काम गर्यो भने गोरखापत्र संस्थान हरेक चुनौतीको सामना गर्न तयार हुन्छ।’

Laxmi sunrise bank 2034

मन्त्री गुरुङले अहिले ४५ भाषामा प्रकाशन भएको गोरखापत्रलाई अझ थप्दै लानुपर्ने बताउँदै गोरखापत्र सबै जनताको लागि हुनुपर्ने बताए।

‘गोरखापत्र अहिले ४५ भाषामा प्रकाशन भएको छ, यसलाई अझ थप्दै लानुपर्छ । एक पाना भएको ठाँउमा दुई पाना हुन्छ त्यसले केही फरक पर्दैन। यस्तो भयो भने सबैले गोरखा पत्र हाम्रो पत्रिका हो भन्छ । हाम्रो भाषा, पहिचान र नेपालको पक्षमा गोरखापत्र छ भन्ने कुरा पुष्टि गर्ने बेला पनि अहिले आएको छ । त्यो रुपमा गोरखापत्रलाई अझ विकास गर्नुपर्ने छ,’ उनले भने।

चुनौतीभित्र ठूलो अवसर हुन्छ भन्ने कुरा स्वीकार गरेर पनि अगाडि बढ्नुपर्ने उनको भनाई छ ।