राजावादीको आन्दोलन बिथोल्न ओलीको निर्देशन

काठमाडौँ — प्रधामन्त्री केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने भन्दै त्यसको तयारीमा जुट्न भनेका छन्।

आइतबार एमालेबाट निर्वाचित वडाअध्यक्षहरूको एउटा भेलालाई सम्बोधन गर्दै उनले राजावादीहरुको आन्दोलन सफल हुन नदिन आफ्ना कार्यकर्तालाई निर्देशन दिएका हुन्।

Shivam Cement

गणतन्त्र दिवसका दिन जेठ १५ गते नै राष्ट्रिय प्रजातन्त्र पार्टीको आह्वानमा सबै राजावादी दल र संघसंगठनहरूले आन्दोलनको घोषणा गरेका छन्।  ‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौं पूरै एमालेको कब्जामा हुनुपर्छ। कसले कसरी कहाँबाट गर्ने हो, आन्दोलनको कुनै प्रोटोकल हुँदैन। जो जहाँबाट अघि बढे पनि हुन्छ…’ उनले भने।

राजतन्त्र फर्कने कुनै आधार नभए पनि प्रतिगामी तत्वहरु सल्बलाउँदा एमालेहरुको मनोबल गिर्न नहुने उल्लेख गर्दै उनले लाज नमानीकन जनतालाई रैती हुन पाउँ भन्नेहरुले फैलाउने भ्रम चिर्न आग्रह गरे।