ग्वार्को फ्लाई ओभरको काम सकियो, प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर स्थित ग्वार्को फ्लाई ओभरको उद्घाटन गर्ने भएका छन्। भोलि जेठ ६ गते शुक्रबार अपरान्ह ४ बजे ओलीले उक्त फ्लाई ओभरको उद्घाटन गर्ने कार्यक्रम छ।

गत शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारी साधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो।

Shivam Cement

ग्वार्को फ्लाइ ओभरको निर्माण सकिएको छ। यतिबेला रंगरोगनको काम धमाधम भइरहेको छ। प्रधानमन्त्रीले उदघाटन गरेपछि ओभरपासबाट सवारी चल्न सुरु हुनेछ।