कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : गृहमन्त्री निर्दोष

काठमाडौँ — सत्तारुढ दल नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको निष्कर्ष निकालेको छ।

आज सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले बताए।

Shivam Cement

बैठकले अध्यागमनमा भइरहेको भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता कतैबाट पुष्टि नहुने भएकोले एउटा कर्मचारीको गल्तीमा सामाजिक सञ्जालमा अफवाह फैलाइदैमा राजीनामा नै दिनुपर्ने स्थिति नरहेको निष्कर्ष निकालेको हो।

बैठकमा गृहमन्त्री रमेश लेखकले उक्त प्रकरणबारे विस्तारमा आफ्नो कुरा राखेका थिए। लेखकको स्पष्टीकरणलाई पार्टीले पूर्ण रुपमा विश्वास गरेको प्रवक्ता महतले बताए। यस विषयमा गृहमन्त्रीले भोलिको संसद बैठकमा पनि स्पष्टीकरण दिने उनले बताए।