गृहमन्त्रीले राजीनामा नआएसम्म माओवादीले संसद् चल्न नदिने

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले गृहमन्त्रीले राजीनामा नगरेसम्म संसद् चल्न नदिने भएको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद् अवरुद्ध गरिरहेका छन्।  सोही विषयमा छलफल गर्न सभामुख देवराज घिमिरले बोलाएको प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूको छलफलमा माओवादीले यस्तो आडान राखेको हो।

Shivam Cement

छलफलपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले गृहमन्त्री रमेश लेखकले राजीनामा नगरेसम्म संसद चल्न नदिने बताए।

१९ गते बस्ने संसदीय दलको बैठकले यो विषयमा निर्णय गर्ने उनले बताए।