संसद खुलाउन बसेको तीन दलका शीर्ष नेताको बैठक निष्कर्षविहीन

काठमाडौँ — संसद्को अवरोध खुलाउन बसेको तीन दलका शीर्ष नेताको बैठक विना निष्कर्ष टुंगिएको छ।

गृहमन्त्री रमेश लेखकको राजीनामाको अडानबाट प्रमुख प्रतिपक्ष माओवादी केन्द्र पछि नहटेपछि बैठक विना निष्कर्ष टुंगिएको हो।

Shivam Cement

सिंहदरबारमा बसेको शिर्ष नेताको बैठकमा संसद् खोल्न प्रतिपक्ष सहमत नभएपछि विना निष्कर्ष नेताहरु उठेका थिए।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने अडान माओवादी केन्द्रले दोहोर्याएको जनाइएको छ। यस बिषयमा थप छलफल गरेर अघि बढ्ने भन्दै छलफल टुंगिएको थियो।

छलफललमा संविधान र व्यवस्थालाई चुनौती दिन भइरहेका गतिविधिलाई सामना गर्ने बिषयमा भने तीनै दलका शिर्ष नेता सहमत भएका छन्। मंगलबारबाट संसद्मा बजेटमाथि छलफल गर्ने कार्यसूची छ।