महानगरका प्रहरी प्रमुख पाण्डे निलम्बनमा, विष्णु जोशीलाई निमित्तको जिम्मेवारी

काठमाडौँ —  काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गरिएको छ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले मंगलबार पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका हुन्। पाण्डेलाई यसअघि सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि गुरागाईंले निलम्बन गरेका हुन्।

Shivam Cement

कार्यालय प्रवेश गर्न अवरोध पु¥याएको बिषयमा पाण्डेसँग स्पष्टीकरण मागिएको थियो। उनलाई आजैदेखि लागु हुनेगरी ६ महिनाका लागि निलम्वन गरिएको जनाइएको छ।

यस्तै, पाण्डे निलम्बनमा परेपछि एसपी विष्णु जोशीले निमित्त नगर प्रहरी प्रमखको जिम्मेवारी पाएका छन्। प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पाण्डेलाई निलम्बन गर्दै जोशीलाई निमित्त प्रमुखको जिम्मेवारी दिएका हुन्।