प्रचण्डको सचिवालयले भन्योः शेरा दरबार प्रकरण माओवादीसँग जोड्नु भ्रामक र बद्नियतपूर्ण छ

काठमाडौँ —  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले शेरा दरबार जग्गा प्रकरणको विषयलाई लिएर माओवादी र नेतृत्वलाई लक्षित गरी प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

प्रचण्डको सचिवालयले आज धारणा सार्वजनिक गर्दै शेरा दरबार प्रकरण माओवादीसँग जोड्नु भ्रामक र बदनियतपूर्णसमेत रहेको बताएको छ ।

Laxmi sunrise bank 2034

उक्त प्रकरणका अभियुक्तहरूमाथि छानविन गरी कानुनी कार्वाही गर्न माओवादीले सरकारसँग मागसमेत गरिसकेको उल्लेख गर्दै प्रचण्डको सचिवालयले भनेको छ, ‘अभियुक्त जुनसुकै आस्था, दल वा समुदायको होस्, पूर्वाग्रह नराखी अनुसन्धान र कार्वाही गर्नुपर्छ भन्नेमा हामी दृढ र स्पष्ट छौँ।’

Shivam Cement

भ्रष्टाचार र अनियमिततामा जोसुकै जोडिए पनि निष्पक्ष छानविन गरी कार्वाही गर्नुपर्ने अठोटका साथ माओवादीले सुशासनको मुद्धालाई प्राथमिकता दिएका भन्दै प्रचण्डको सचिवालयले आधार र प्रमाण बिनाको कपोलकल्पित कूप्रचार बन्द गर्न भनेको छ ।