निषेधित क्षेत्र घोषणा गरेर आन्दोलन समाप्त पार्ने भ्रम नराखे हुन्छ : कमल थापा

काठमाडौँ —  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले काठमाडौंलाई निषेधित क्षेत्र घोषणा गरेर आन्दोलन समाप्त हुने भ्रम नराख्न आग्रह गरेका छन्।

मंगलबार भएको संयुक्त जनआन्दोलनलाई सम्बोधन गर्दै उनले सिंगो काठमाडौंलाई निषेधित क्षेत्र घोषणा गरेर आन्दोलन र जनताको परिवर्तनको चाहनालाई समाप्त पार्न नसकिने भन्दै यस्तो भ्रमबाट मुक्त हुन आग्रह गरेका छन्।

Shivam Cement

‘नेपालको इतिहासमा पहिलो पटक काठमाडौं महानगरपालिकालाई निषेधित क्षेत्र घोषित गर्न बाध्य भएको छ,’ उनले भने, ‘सिंगो काठमाडौंलाई निषेधित क्षेत्र घोषणा गरेर आन्दोलन समाप्त हुनेछ भनेर यदि भ्रष्ट शासकहरुले सोचेका छन् भने त्यो भ्रमबाट मुक्त हुनको लागि म आग्रह गर्न चाहन्छु। निषेधित क्षेत्र घोषणा गर्दैमा जनताको परिवर्तनको चाहनालाई समाप्त पार्न सकिँदैन।’

अध्यक्ष थापाले प्रहरीको दमन कायम गरेर भ्रष्ट व्यवस्था र भ्रष्ट शासकहरुलाई जोगाउन सकिन्छ भनेर सोच्नु सपना मात्र भएको पनि बताए।

कुनै कानून उल्लंघन नगरि भएको शान्तिपूर्ण जुलुसमाथि लाठी प्रहार गर्ने, बुटले हान्ने, प्रतिबन्ध लगाउने जस्ता अपराधका कार्य र दुस्प्रयास कायर र भ्रष्ट सरकारले गरेको उनको आरोप छ।