राप्रपा महामन्त्री धवल शमशेर राणालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

काठमाडौँ – तीनकुने घटनाका आरोपी राप्रपा महामन्त्री धवल शमशेर राणालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । सोमबार न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई धरौटीमा छाड्न आदेश दिएको हो ।

घटनापछि पक्राउ परेका राणा पछि हाजिरी जमानीमा छुटेका थिए । तर अदालतमा मुद्दा दर्ता भएपछि उनी अदालतमा उपस्थित भएर बयान नै दिएका थिएनन् ।

सोमबार उनी आँफै अदालतमा उपस्थित भई बयान दिएका थिए । त्यसपछि अदालतले उनलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान र त्यसपछि थुनछेक बहस हुँदा न्यायाधीश खनालले राणासँग ३ लाख धरौटी माग गरेका हुन्।