देश बर्बाद भयो र देश खतरामा छ भन्ने भ्रममा नपर्नुहोला : गगन थापा

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश बर्बाद भयो र देश खतरामा छ भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरेका छन्।

शनिबार परिवर्तन नेपाल नामक संस्थाले काठमाडौंको नेपालटारमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले कसैले देशमा खतरा छ, देश बर्बाद भयो, झुर भयो भनेर भन्यो भने नपत्याउन भनेका हुन्।

Shivam Cement

देशमा केही राम्रो भए पनि भने जति गर्न नसकिएको स्वीकारेका महामन्त्री थापाले कुनैपनि विषय वा मुद्दाका सवालमा अध्ययन, विश्लेषण र समीक्षाका आधारमा मात्र समर्थन वा विरोध गर्न सुझाव दिए।

एसईई परीक्षामा उत्तिर्ण भएका विद्यार्थीहरुलाई सम्मान गर्दै उनले अबको जिम्मेवारी विद्यार्थीहरुले लिनुपर्ने भन्दै ‘नथाक्नुस्, नभाग्नुस्, नगल्नुस्’ भन्ने सन्देश दिए। उनले मुलुकै अडिएर बस्न, नयाँ कुरा सिक्न, प्रश्न र आलोचना गर्नपनि सुझाव दिए।

आयोजक संस्थाका अगुवा एवम कांग्रेस नेता सुशील भट्टले एसईई उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गर्न पाउँदा खुशी लागेको भन्दै नव युवाहरुलाई प्रोत्साहित गर्न आफू सँधै तत्पर रहने बताए।