प्रधानमन्त्रीद्वारा रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्र अवलोकन

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको टोली रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएको छ।

अवलोकनका क्रममा प्रधानमन्त्रीले बाढीबाट भएको क्षति, उद्धार र राहतबारे स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयवासीसँग छलफल पनि गरेका थिए।

प्रधानमन्त्री ओलीले बेपत्ता भएकाहरूको स्थिति, नेपाल-चीन सीमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो व्यक्त गरे।

Shivam Cement

प्रधानमन्त्री ओली नेतृत्वको टोलीमा  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुु पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, प्रधानसेनापतिसहित चारै सुरक्षा निकायका प्रमुखलगायत थिए।