मन्त्रिपरिषद्का १३ निर्णयः ओफिडको सय मिलियन डलर ऋण स्वीकार गर्नेदेखि विदेश भ्रमण स्वीकृतसम्म

काठमाडौं — मन्त्रिपरिषद्का निर्णय सार्वजनिक भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले साउन ७ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद् बैठकले कोशी प्रदेश प्रमुख परशुराम खापुङलाई साउन १६ गतेदेखि मलेसियामा आयोजना हुने आदिवासी जनजाती महासंघ मलेसियाको चौथो महाधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागी हुन स्वीकृति प्रधान गरेको छ ।

त्यसैगरी, जापानको टोकियोमा भदौ ९ गतेदेखि १३ गतेसम्म आयोजना हुने कार्यक्रममा सहभागी हुन नेपाल सरकारका सचिव फणिन्द्र गौतमलाई स्वीकृति प्रदान गरिएको छ ।

Shivam Cement

साथै, सासेक विद्युत ट्रास्मिसन तथा वितरण आयोजना कार्यान्वयनको लागि ओपेक फन्ड फर इन्टरनेशनल डेभलपमेन्ट (ओफिड) बाट नेपाल सरकारलाई प्राप्त हुने एक सय मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने निर्णय भएको छ ।