उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं — रुपन्देही क्षेत्र नं ३ मा हुने संघीय तथा अरु क्षेत्रमा उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ताको आह्वान गरेको छ। आयोगले एक सूचना जारी गर्दै साउन २१ देखि २७ गतेसम्म दल दर्ताका लागि निवेदन दिन भनेको हो।
त्यो अवधिमा प्राप्त निवेदनहरूको छानबिनपछि आयोगले चुनावमा भाग लिनका लागि दलहरूलाई दर्ता प्रमाणपत्र दिनेछ।

Shivam Cement

यसअघि नै आयोगले उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको थियो। त्यसअनुसार असोज २१ गते बिहान १० देखि ५ बजेसम्म उम्मेदवारको मनोयन दर्ता हुने र सोही दिन साँझ उम्मेदवारको सूची प्रकाशन हुनेछ कार्यतालिका छ।
त्यस्तै असोज २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि कात्तिक १७ गते मतदान हुनेछ।