ललितपुर, – जावलाखेलस्थित सदर चिडियाखानामा आजदेखि पूर्ण रूपमा कालो रङ भएको चितुवा (ब्ल्याक प्यान्थर) अवलोकनका लागि राखिएको छ ।
पूर्वी नेपालको इलामबाट उद्धार गरिएको उक्त दुर्लभ कालो चितुवा गत भदौ १७ गते चिडियाखानामा ल्याइएपछि पशु चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको थियो । हाल सामान्य अवस्थामा आएपछि आजदेखि सर्वसाधारणका लागि अवलोकन खुला गरिएको चिडियाखानाका प्रमुख सत्यनारायण साहले जानकारी दिए ।
यो चितुवा सामान्य चितुवाकै प्रजातिको भए पनि मेलानिज्म नामक जेनेटिक म्युटेसनका कारण यसको शरीरमा बढी मात्रामा मेलानिन उत्पादन हुने भएकाले कालो धब्बाहरू देखिँदैनन् र पूरै शरीर कालो देखिन्छ ।
विशेषगरी यस्तो प्रकारको चितुवा नेपालमा अत्यन्तै विरलै भेटिने भएकाले दर्शकहरूका लागि यो नयाँ आकर्षण बनेको



