पूर्व ऊर्जामन्त्री खड्काका संरचनामा काठमाडौँ महानगरकाे चल्याे डाेजर

काठमाडौं – काठमाडौंको लैनचौरस्थित नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको जग्गामा पूर्व ऊर्जामन्त्री दीपक खड्काले बनाएका संरचनालाई काठमाडौं महानगरपालिकाले आज भत्काएको छ ।

महानगर प्रहरीको सहयोगमा बिहानै डोजर प्रयोग गरी खड्काले निर्माण गरेका उक्त संरचनाहरु हटाइएको हो ।

कांग्रेस नेता खड्काले उक्त जग्गा भाडामा लिएर प्रयोग गर्दै आएका थिए, तर लामो समयदेखि भाडा तिरेका थिएनन् । नेपाल स्काउटले २० कात्तिकमा भाडा चुक्ता गर्न सात दिनको म्याद तोकेको थियो, जुन आज सकिएको छ ।

स्काउटले आफ्नै जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामान जफत गर्ने र भाडा असुल नहुँदा खड्काको जायजेथाबाट रकम वसुल गर्ने चेतावनी पनि जारी गरेको थियो ।