काठमाडौं — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार विभिन्न मन्त्रालय, निकाय, आयोग, सचिवालय तथा कार्यालयमा कार्यरत ५८ जना कर्मचारीको सरुवा गरेको छ।
मन्त्रालयले गरेको सरुवामा ८ जना उपसचिव, २० जना शाखा अधिकृत, बाँकी नायव सुब्बा, कम्प्युटर अपरेटर र खरिदार रहेका छन्।
उपसचिव र शाखा अधिकृतको सरुवासँगै ११ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। तीमध्ये ३ जना उपसचिवलाई नगरपालिकामा र ८ जना शाखा अधिकृतलाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा पठाइएको मन्त्रालयले जनाएको छ।




