ललितपुर – ललितपुर महानगरपालिका–१४ नं. वडाले वडावासीको स्वास्थ्यलाई प्राथमिकता दिँदै आइतबार निःशुल्क मुटु परीक्षण गराएको छ। प्रभु महालक्ष्मी लाइफको आयोजनामा तथा ललितपुर महानगरपालिका–१४ नं. वडा र ऊँ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिको सहकार्यमा उक्त शिविर सम्पन्न भएको हो।
वडा कार्यालय परिसरमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गरिएको निःशुल्क मुटु चेकजाँच शिविरमा उल्लेख्य संख्यामा वडावासीको सहभागिता रहेको थियो। शिविरमार्फत मुटुसम्बन्धी प्रारम्भिक परीक्षण, परामर्श तथा आवश्यक सुझाव प्रदान गरिएको आयोजकले जनाएको छ।
वडाले यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिँदै नागरिकको स्वास्थ्य सचेतना र समयमै रोग पहिचानमा सहयोग पु¥याउने लक्ष्य राखेको जनाएको छ।



