१८ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाइयो (सूचीसहित)

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १८ वटा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । मन्त्रालयको पुस २९ गते बसेको बैठकले चार उपसचिव र ३८ शाखा अधिकृतसहित ४२ जना कर्मचारीको सरुवा गरेको थियो ।

मन्त्रालयका अनुसार सिन्धुलीको कमलामाई नगरपालिका र बर्दियाको गुलरिया नगरपालिकासहित १८ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाइएको हो । सरुवामध्ये दुई जना उपसचिवलाई विभिन्न नगरपालिकामा खटाइएको छ भने १६ जना शाखा अधिकृतलाई विभिन्न गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

सरुवा निर्णयअनुसार बाँकी कर्मचारीलाई मन्त्रालय, विभाग तथा अन्य स्थानीय तहमा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।