पोखरा – पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसका अवसरमा समाजका विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याउने नौ जनालाई ‘पोखरेली नवरत्न’बाट सम्मान गरिएको छ ।
महानगरपालिकाले गायन तथा सङ्गीत क्षेत्रबाट अमृत गुरुङ, धार्मिक पर्यटन तथा कृषि उद्यम क्षेत्रबाट चन्द्रकान्त बराल, समाजसेवा तथा उद्योग क्षेत्रबाट चन्द्रकृष्ण कर्माचार्य र साहित्य क्षेत्रबाट तीर्थ श्रेष्ठलाई सम्मान गरेको हो ।
यस्तै पत्रकारिता क्षेत्रबाट तिलकमान गुभाजु, स्वास्थ्य क्षेत्रबाट प्राडा बुद्धिबहादुर थापा, खेलकुद तथा शिक्षा क्षेत्रबाट प्राडा विरेन्द्रसिंह गुरुङ, उद्यमशीलताबाट रामकली खड्का र शिक्षा सेवा तथा उद्योग क्षेत्रबाट हरिप्रसाद पाण्डेलाई नवरत्न सम्मान प्रदान गरिएको छ ।
सम्मानित व्यक्तिहरूलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जनही दुई लाख दुई हजार २०२ रुपैयाँ नगदसहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।



