दोहोरीगीत प्रतिष्ठानको चेतावनीपूर्ण वक्तव्य जारी

काठमाडौं, फागुन ९ गते । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आसन्न केन्द्रीय महाधिवेशन यहिँ फागुन १२ गतेबाट सुरु हुने भएको छ । महाधिवेशन १२ गतेदेखि १४ गतेसम्म संचालन हुने गरि तयारी गरेको छ ।

उक्त केन्द्रीय महाधिवेशनलाई प्रभावित पार्नेगरी कुनै प्रतिनिधि, उम्मेदवार वा संस्थाले आर्थिक लेनदेन गरेमा आचारसंहिताअनुसार कडा कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

अध्यक्ष रमेश बीजी र महासचिव सुवास केसीको संयुक्त हस्ताक्षर वक्तव्य जारी गर्दै सम्भावित लेनदेन रोक्न प्रतिष्ठानले सचेत गराएको हो । फागुन १२ देखि १४ गतेसम्म धादिङमा हुन लागेको आठौं केन्द्रीय महाधिवेशनको सन्दर्भमा संस्थाले चेतावनीपूर्ण वक्तव्य जारी गरेको हो ।

महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गर्ने तयारी छ । जसका लागि चुनावी माहोल तातिएको छ र केही कलाकारले उम्मेदवारी घोषणा गर्ने तयारी गर्नुभएको हो ।