काठमाडौँ – ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसका अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं २१ दक्षिणकाली गणलाई “ललितपुर महानगर गौरव पुरस्कार”द्वारा सम्मानित गरिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले ललितपुर महानगरपालिका पुल्चोकस्थित प्राङ्गणमा भएको कार्यक्रममा गणलाई उक्त पुरस्कार प्रदान गरेका हुन् ।
गणले विपद् व्यवस्थापन तथा उद्धारमा पु-याएको योगदानको कदरस्वरुप ललितपुर महानगरपालिकाले रु एक लाख नगदसहित गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेश लामिछानेलाई सम्मानपत्र प्रदान गरेको छ ।
कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थिति रहेको थियो ।



