स्थानीय उत्पादन प्रवर्द्धनका लागि काठमाडौँ महानगरको कृषि मेला आयोजना

काठमाडौँ — स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले गोङ्गबुमा कृषि मेला आयोजना गरिएको छ । काठमाडौँ महानगरपालिका वडा नं २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपाल र गोङ्गबु आवास क्षेत्रको आयोजनामा आजदेखि गोङ्गबु टाउन प्लानिङ क्षेत्रमा मेला सुरु भएको हो ।

मेलाको उद्घाटन गर्दै काठमाडौँ महानगरपालिका सुशासन समितिका सभापति तथा वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले स्थानीयस्तरमा उत्पादित वस्तुलाई बजारसम्म पु¥याउन र किसान तथा उद्यमीलाई प्रोत्साहन गर्न मेला आयोजना गरिएको बताए ।

रैथाने एग्री प्रडक्ट नेपालका अभियन्ता कृष्ण स्याङ्ताङका अनुसार मेलामा नेपालमै उत्पादित मह, सिस्नो, चामल, गेडागुडी, कपडा, सातु, सुन्तलालगायतका सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् । मेलामा देशका ५५ जिल्लाबाट आएका रैथाने तथा कृषि उत्पादन सहभागी गराइएको उनले जानकारी दिए ।

मेलामा सहभागी उपभोक्ताले स्वदेशी तथा रैथाने उत्पादन प्रत्यक्ष अवलोकन गर्नुका साथै खरिद गर्न सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।