एन आई सी एशिया बैंकद्वारा ३०.५२६३ प्रतिशत लाभांशको प्रस्ताव

काठमाडौं, भदौ २९ गते । एनआई सी एशिया बैकले यसै आर्थिक वर्ष २०७९÷८० को लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले सो मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको ३०.५२६३ प्रतिशत लाभांश (रू. ३ अर्ब ५३ करोड ६४ हजार ७ सय ९६ रुपैयाँ) वितरण गर्ने प्रस्ताव गरिएको हो ।

बैंकको संचालक समितिको ६२९ औं बैठकले लाभांशको सो रकम वितरण गर्ने निर्णय गरेको बैंका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले बताउनुभयो ।

उहाँका अनुसार बैठकले उक्त प्रस्तावित लाभांश मध्ये २९ प्रतिशत बोनश शेयर (रू. ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६ रुपैयाँ) र १.५२६३ प्रतिशत नगद लाभांश (रू. १७ करोड ६५ लाख ३ हजार २ सय ४० रुपैयाँ) लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय गरेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २६ औं वार्षिक साधारण सभाको स्वीकृत पश्चात् आवश्यक नियमनकारी प्रक्रिया पूरा गरी बैंकका शेयरधनीलाई वितरण गर्ने उहाँको भनाई छ ।