काठमाडौं महानगर प्रहरी बलका सात नगर प्रहरी निरीक्षक डीएसपीमा बढुवा

काठमाडौँ – काठमाडौं महानगर प्रहरी बलका सात जना नगर प्रहरी निरीक्षक डीएसपी (उपरीक्षक) पदमा बढुवा भएका छन् ।

काठमाडौं महानगरपालिकाको ४५औँ कार्यपालिका बैठकले महानगर प्रहरी बलमा रिक्त रहेका सात डीएसपी पदमा वरिष्ठतम् नगर प्रहरी निरीक्षकलाई बढुवा गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको थियो ।

११ पुसमा बसेको कार्यपालिका बैठकको निर्देशनअनुसार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले १४ पुसमा बढुवासम्बन्धी निर्णय गरेका हुन्। बढुवा हुनेमा लीलाराज गाछा, ध्रुवकुमार भुजेल, किशोरकुमार भट्टराई, प्रकाश पण्डित, चन्दन श्रेष्ठ, राजेन्द्र देवकोटा र एलिजा नेपाल रहेका छन् ।

बढुवा भएका डीएसपीहरूलाई आज बिहीबार काठमाडौं प्लाजास्थित महानगरको कार्यालयमा दज्र्यानी चिह्न प्रदान गरिँदै छ ।

महानगरपालिकाले प्रहरी बलको संरचना सुदृढ गर्दै शहरी सुरक्षा, अनुगमन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले पदपूर्ति प्रक्रिया अघि बढाएको जनाएको छ।