ओखलढुंगा — लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापाले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न पालिका उपाध्यक्ष पदबाट राजीनामा दिएकी छन् । नेकपा एमालेबाट ओखलढुंगा जिल्लाको प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यको टिकट पाएपछि उनले आजै गाउँपालिका अध्यक्ष अशोक कार्कीलाई राजीनामा बुझाएकी हुन् ।
२०७९ जेठमा देशकै सबैभन्दा कम उमेरमा २५ वर्षको उमेरमा उपाध्यक्ष पदमा निर्वाचित भएकी थापा यसपटक एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि टिकट पाउने सबैभन्दा कान्छो उम्मेदवार बनेकी छन् ।
आगामी फागुनमा २९ वर्ष पूरा गर्ने थापालाई युवाहरूको प्रतिनिधित्व बढाउने उद्देश्यसहित पार्टीले पालिकाबाट राजीनामा गराएर उम्मेदवार बनाएको बताइएको छ ।




