नदी किनारामा भवन निर्माणसम्बन्धी सर्वोच्चको आदेश सम्मान गर्छौँ : कार्यवाहक प्रमुख डङ्गोल

काठमाडौँ, – काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँ–बायाँ क्षेत्रमा भवन निर्माणसम्बन्धी मापदण्डका विषयमा सर्वोच्च अदालतको आदेश र निर्णयलाई महानगरपालिकाले सम्मान गर्ने बताएकिछन् ।

उपत्यकाका १९ वटा नदी सङ्घर्ष समितिका पदाधिकारीसँग भएको भेटमा उनले अदालतको आदेशअनुसार नदी किनारामा भवन निर्माणका लागि लगाइएको रोक्का फुकुवासम्बन्धी सार्वजनिक सूचना जारी भइसकेको जानकारी दिईन् ।

कार्यवाहक प्रमुख डङ्गोलले बासिन्दालाई विस्थापित गराउनेभन्दा पनि उनीहरूको जायज माग सम्बोधन गर्दै सहकार्यका साथ अघि बढ्नुपर्नेमा जोड दिईन् । नदी किनारका बासिन्दाले विभिन्न माध्यमबाट एकताबद्ध भएर आवाज उठाएकोप्रति उहाँले धन्यवाद व्यक्त गरे ।

भेटपछि नदी सरोकार सङ्घर्ष समितिका संयोजक ऋषि बस्यालले कार्यवाहक प्रमुख डङ्गोललाई बधाई दिँदै नागरिकको संरक्षण र नगरवासीका समस्या समाधानमा निरन्तर लाग्न आग्रह गरे अभियन्ता राजाराम तण्डुकारलगायतले पनि सकारात्मक पहलको स्वागत गरेका छन् ।