काठमाडौँ, – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार ओलीलाई भक्तपुरको गुण्डुस्थित सूर्यविनायक नगरपालिका–७ मा रहेको निवासबाट बिहान पक्राउ गरिएको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहान करिब ५ बजे गुण्डु पुगेको थियो । पक्राउपछि उनलाई थप अनुसन्धानका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।
यसैगरी रमेश लेखकलाई पनि भक्तपुरकै कटुञ्जे (सूर्यविनायक नगरपालिका–५) स्थित निवासबाट आज बिहानै पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई नियन्त्रणमा लिएर काठमाडौँ लगेको हो ।
प्रहरीका अनुसार जेन–जी आन्दोलन छानबिन आयोग सम्बन्धी घटनाको छानबिनका लागि गठन गरिएको आयोगको सिफारिस कार्यान्वयन गर्ने क्रममा दुवै नेतालाई पक्राउ गरिएको हो। उक्त आयोग पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठन गरिएको थियो ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।



