काठमाडौँ : काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल लाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय को टोलीले मंगलबार बिहान सुविधानगरस्थित उहाँको निवासबाट नियन्त्रणमा लिएको हो ।
भदौ २३ र २४ गते भएको जेन्जी प्रदर्शन सम्बन्धी घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले रिजाललाई दोषी ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो ।
उक्त घटना हुँदा रिजाल काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत हुनुहुन्थ्यो। सोही प्रकरणमा केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेस का नेता रमेश लेखक लाई पनि यसअघि नै पक्राउ गरिएको बताइएको छ ।



