शंकर ग्रुपका सुलभ अग्रवाल पक्राउ, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नियन्त्रणमा

काठमाडौँ – शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको छ । अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार, उनलाई बयानका लागि नियन्त्रणमा लिइएको हो ।

ठाकुरले अनलाइनखबरसँग भने, “बयानका लागि बोलाएका थियौं । उहाँ यहाँ उपस्थित हुनु भएको छ ।” अग्रवालविरुद्ध अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सोही अनुसार, उनी शुक्रबार राति नै पक्राउ परेका हुन्। सुलभ अग्रवाल २०७६ सालमा पनि ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बिक्री गर्ने प्रयास गरेको आरोपमा पक्राउ परेका थिए तर पछि विभागले तारेखमा छाडेको थियो ।

यसअघि शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पनि पक्राउ परेका थिए । व्यापारी दीपक भट्ट पक्राउ परेसँगै सम्पत्ति शुद्धीकरण विभागले सम्बन्धित अन्य व्यक्तिमाथि पनि अनुसन्धान अघि बढाएको छ ।

शंकर ग्रुप नेपालमा अग्रणी व्यावसायिक घराना हो। यसको मुख्य कम्पनी जगदम्बा स्टिल हो र समूहले स्टिल, सिमेन्ट, जलविद्युत्, उपभोक्ता वस्तु लगायत विभिन्न क्षेत्रमा लगानी गरेको छ ।