काठमाडौं – आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु हुने भएको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार देशभरका विद्यालयहरूमा लागू हुने गरी उक्त निर्णय गरिएको हो। यससँगै आगामी शैक्षिक वर्षको पठनपाठन सोही मितिदेखि औपचारिक रूपमा सुरु हुनेछ।
सरकारले शैक्षिक क्यालेन्डरलाई व्यवस्थित बनाउन र विद्यालय सञ्चालनलाई एकरूप बनाउन यो निर्णय गरेको जनाएको छ।



