ओली र रमेश लेखकलाई तत्काल थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार, २६ चैतभित्र अनुसन्धान टुंग्याउन आदेश

काठमाडौं – सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक सम्बन्धी मुद्दामा २६ चैतभित्र अनुसन्धान टुंग्याउन आदेश दिएको छ ।

न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेल को इजलासले उनीहरूलाई तत्काल थुनामुक्त गर्न अस्वीकार गरेको हो। तर तोकिएको मितिसम्म अनुसन्धान पूरा हुन नसके थुनामुक्त गर्नुपर्ने आदेश पनि अदालतले दिएको छ ।

अदालतले आदेशमा भनेको छ, “ओली र लेखकलाई फौजदारी कार्यविधि संहिताको प्रक्रिया पूरा गरी हिरासतबाट मुक्त गरी थप अनुसन्धान तथा तहकिकातको कार्य सम्पन्न गरी आवश्यक प्रक्रिया अघि बढाउनु।”

भदौ २३ गते भएको जेनजी आन्दोलन का क्रममा १९ जनाको ज्यान जाने गरी बल प्रयोग भएको र त्यसलाई रोक्न पर्याप्त प्रयास नगरेको आरोपमा उनीहरूलाई १४ चैतमा पक्राउ गरिएको थियो।

उक्त घटनासम्बन्धी ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौं को अनुमति लिएर ओली र लेखकलाई हिरासतमा राख्दै आएको छ।