प्रधानमन्त्री शाहविरुद्ध अपमानजनक सामग्री प्रसारण गरेको आरोपमा युट्युबर पक्राउ

पाँचथर – युट्युबमार्फत प्रधानमन्त्री बालेन्द्र शाह लगायतका नेताहरूविरुद्ध अपमानजनक तथा गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना युट्युबर पक्राउ परेका छन् ।

फाल्गुनन्द गाउँपालिका–७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेका हुन्। नेपाल प्रहरीको साइबर ब्युरो को अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथर ले उनलाई नियन्त्रणमा लिएको हो ।

‘ज्बमभक’ नामक युट्युब च्यानलमार्फत प्रसारित सामग्रीका आधारमा पोखरेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिश कर्ण का अनुसार पक्राउ परेका पोखरेललाई जिल्ला अदालत पाँचथर बाट १० दिनको म्याद थप गरी साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।