काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेपछि उनले प्रधानमन्त्री बालेन्द्र शाह समक्ष राजीनामा बुझाएका हुन्।
गुरुङले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। प्रधानमन्त्री शाहले पदभार सम्हालेकै दिन मन्त्रिपरिषद् गठन गर्दा गुरुङ गृहमन्त्री नियुक्त भएका थिए।
कार्यकालको सुरुवाती चरणमा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चा कमाएका गुरुङ पछिल्लो समय भने विभिन्न आरोपका कारण आलोचनाको केन्द्रमा परेका थिए।
उच्च स्रोतका अनुसार रवि लामिछाने सँगको छलफलपछि गुरुङले राजीनामा दिने निर्णय लिएको बताइएको छ।



